आइपीएल क्रिकेट: काेलकाता क्वालिफायरमा,गुजरात बाहिरियो

काठमाडौं: कोलकाता नाइट राइडर्स (केकेआर) इन्डियन प्रिमियर लिग आइपीएलकाे क्वालिफायरमा पुगेकाे छ। गएराति गुजरात टाइटन्ससंग हुने भनिएकाे खेल बर्षाका कारण रद्द भएपछि दुवै टिमले एक एक अंक बाँडे।

अंक बाँडेसंगै केकेआर क्वालिफायरमा पुगेकाे हाे। १३ खेलमा १९ अंकसहित केकेआर पहिलो स्थानमा छ भने एक खेल बाँकी छ । १६ अंक र दुई खेल बाँकी रहेको राजस्थान रोयल्सले मात्र कोलकाताको टोलीलाई उछिन सक्नेछ। यस्तो अवस्थामा श्रेयस अय्यरको टोली दोस्रो स्थानमा रहे पनि क्वालिफायर १ खेल्ने पक्का छ ।

गुजरात अहिले १३ खेलबाट ११ अंक जोड्दै आठौं स्थानमा छ । यस्तो अवस्थामा गुजरातको टोलीले आफ्नो अन्तिम खेल जित्यो भने पनि उसको १३ अंक मात्रै रहने छ, जहाँ हाल १४ वा सोभन्दा बढी अंक भएका चार टोली छन् । यस आधारमा अब गुजरात टाइटन्सको अगाडि बढ्ने सबै सम्भावना समाप्त भएको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!