काठमाडौं: नेपाल भलिबल लिग (NVL) अन्तर्गतको फ्रेन्चाइज टोली कर्णाली शिवराजले आज आयोजित विशेष समारोहमार्फत आफ्नो आधिकारिक ब्रान्ड एम्बासडर, फेस अफ कर्णाली तथा टोलीका विशेष प्रतिनिधि व्यक्तित्वहरू सार्वजनिक गरेको छ।
साथै टोलीको आधिकारिक थिम सङ (Theme Song) समेत सार्वजनिक गरेको छ।
टोलीले नेपाली चलचित्रका महानायक राजेश हमाल लाई आफ्नो Official Brand Ambassador का रूपमा सार्वजनिक गरेको छ। उहाँको व्यक्तित्व, नेतृत्व र प्रेरणाले कर्णाली शिवराजको अभियानलाई राष्ट्रियस्तरमा अझ सशक्त बनाउने विश्वास टोलीले लिएको छ।
यसैगरी, नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान सुमित्रा रेग्मी लाई “Glory of Karnali” का रूपमा सम्मानपूर्वक परिचय गराइएको छ। नेपाली भलिबलमा उहाँले पुर्याउनुभएको योगदान र कर्णालीप्रतिको गौरवलाई सम्मान गर्दै यो जिम्मेवारी प्रदान गरिएको हो।
कर्णाली प्रदेशमा जन्मिएर नेपाली भलिबलमा विशिष्ट पहिचान स्थापित गर्न सफल प्रगति नाथ र कामना बिष्ट लाई “Queens of Karnali” का रूपमा सार्वजनिक गरिएको छ। उहाँहरू कर्णालीको प्रतिभा, साहस र सम्भावनाका सशक्त प्रतीक हुनुहुन्छ।
त्यसैगरी, फाइटर रविन्द्र ढाँटलाई “Face of Karnali” का रूपमा सार्वजनिक गरिएको छ। खेलप्रतिको समर्पण, अनुशासन र कर्णालीसँगको आत्मीय सम्बन्धका कारण उहाँ टोलीको प्रेरणादायी अनुहारका रूपमा जोडिनुभएको हो।
यस अवसरमा कर्णाली शिवराजले आफ्नो आधिकारिक थिम सङ्ग समेत सार्वजनिक गरेको छ। कार्यक्रममा नेपाल भलिबल संघ, नेपाल ओलम्पिक कमिटी, नेपाल भलिबल लिगका पदाधिकारी, खेलकुदकर्मी, सञ्चारकर्मी तथा विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कर्णाली शिवराजकाे तर्फबाट यस अभियानमा साथ, सहयोग र शुभेच्छा प्रदान गर्नुहुने सम्पूर्ण शुभचिन्तक, समर्थक, साझेदार संस्था तथा सञ्चारमाध्यमप्रति हार्दिक आभार व्यक्त गरिएको छ।
आगामी नेपाल भलिबल लिगमा कर्णालीको गौरव, पहिचान र खेलप्रतिको समर्पणलाई अझ उचाइमा पुर्याउने प्रतिबद्धता जनाएको छ।
यात्रा जितको, साहस कर्णालीको नारासहित स्थापना भएकाे कर्णाली शिवराजले च्याम्पियन बन्ने लक्ष्य राखेको प्रमुख कार्यकारी अधिकृत अशोक भट्टले विश्वास व्यक्त गर्नुभयो ।
कर्णाली शिवराजले यसअघि नेपालका उत्कृष्ट आउटसाइड हिटर मध्येका एक पहल गहतराजलाई मार्की खेलाडीका रूपमा अनुबन्ध गरेको थियाे।
कर्णाली टिमकाे मुख्य प्रशिक्षकमा चन्द्रबहादुर कुँवर,सहायक प्रशिक्षकमा दीपेन्द्र प्रसाद भट्ट रहेका छन्।
