एनपीएल क्रिकेट आजदेखि,उद्घाटनमा लुम्बिनी र सुदूरपश्चिम खेल्दै

काठमाडौं:तेस्रो संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि काठमाडौंस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट कीर्तिपुर मैदानमा सुरु हुँदैछ।
उद्घाटनका लागि आयाेजक क्यानले प्रधानमन्त्री बालेन्द्र शाहलाई निमन्त्रणा दिएको छ।
प्रतियोगिताको उद्घाटन खेलमा आज साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धामा उत्रिँदैछन्। गत संस्करणमा हारेकाे बदला लिने पक्षमा सुदूरपश्चिम रहेको छ भने लुम्बिनी गत वर्षकै नतिजा दाहाेर्याउने दाउमा हुनेछ।
लुम्बिनी राेहितकुमार पाैडेल र सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीकाे नेतृत्वमा रहेको छ।

कीर्तिपुर मैदानमा यी दुई टोलीबीचको रोमाञ्चक भिडन्त आज साँझ ५ बजेदेखि सुरु हुने तालिका छ।
नेपाल क्रिकेट संघ (क्यान) काे आयाेजनामा सञ्चालन हुने प्रतियोगिता आगामी ५ मंसिरसम्म चल्नेछ ।
प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीकाे सहभागिता रहेको छ।
च्याम्पियन बन्ने टाेलीले १ कराेड ५० लाख पुरस्कार पाउनेछ।
उपविजेताले ८० लाख,तेस्रो स्थान हासिल गर्ने टोलीले ४० लाख पुरस्कार पाउनेछ ।यस्तै सान्त्वना स्थान हासिल गर्ने टोलीले ३० लाखमा चित्त बुझाउनुपर्नेछ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!