काठमाडौं: यू-१९ एसिया कपको तयारीका लागि नेपालकाे प्रारम्भिक टाेली सार्वजनिक गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आज २८ खेलाडीको प्रारम्भिक टाेली सार्वजनिक हो।
उक्त टाेलीमा निरज यादव, निश्चल क्षेत्री, आशिष लुहार, नितेश पटेल, चन्दन राम, वंश क्षेत्री, सुशील रावल, शुभम खनाल, अभय यादव, सचिन भट्ट, सूर्यांशु कोइराला, परिमार्जन यादव, प्रसिद्ध जैसी र शिवांश बजगाईं रहेका छन्।
त्यस्तै, दर्शन सोनार, विपिन शर्मा, सुगम बुढाथोकी, आशिक बैठा, जोय थापा, सोहेल कुँवर, रौनक श्रीवास्तव, रोहित चन्द, सौजन घिमिरे, क्रितिक कामत, भूपाल डंगोल, राहुल हक, दीपक सेमेला र रोशन शाही पनि टाेलीमा अटाएका छन्।
टाेलीकाे बन्द प्रशिक्षण आइतबारदेखि पोखरामा सुरु हुने जनाएको छ।
बन्द प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई अन्तिम टाेलीमा समावेश गरिनेछ।
