पाटन प्रिमियर लिगको खेलतालिका सार्वजनिक

बैतडी :छैटौँ संस्करणको उदयदेव पाटन प्रिमियर लिगको खेल तालिका सार्वजनिक गरिएको छ।

आयोजक पाटन एकता समाजले सार्वजनिक गरेको तालिकाअनुसार प्रतियोगिता कात्तिक ८ गतेदेखि १९ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताका सम्पूर्ण खेल पाटनस्थित श्रीकृष्ण माध्यमिक विद्यालयको मैदानमा खेलाइनेछन्।

प्रतियोगितामा १२ टोलीलाई चार समूहमा विभाजन गरिएको छ। समूह चरणका खेलहरू कात्तिक ८ देखि १३ गतेसम्म सञ्चालन हुनेछन्।

कात्तिक १४ गते विश्राम राखिएको छ भने कात्तिक १५ र १६ गते क्वाटरफाइनलका खेल हुनेछन्। त्यस्तै, कात्तिक १७ गते सेमिफाइनलका खेल सञ्चालन हुनेछन्।

उद्घाटन खेल आइतबार बिहान ११ बजे बनारसी क्रीकेट क्लब र पत्ताल भुवनेश्वर क्लबबीच हुनेछ ।

कात्तिक १८ गते विश्राम तथा फाइनलको तयारी गरिनेछ भने प्रतियोगिताको फाइनल खेल कात्तिक १९ गते हुनेछ।

प्रतियोगिताका सबै खेल २० ओभरका हुनेछन्। समूह चरणमा प्रत्येक टोलीले आफ्नै समूहका अन्य दुई टोलीसँग प्रतिस्पर्धा गर्नेछन्। प्रत्येक समूहबाट उत्कृष्ट दुई टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन्।

विजेता टोलीले १ लाख ५५ हजार ६६६ रुपैयाँ र उपविजेता टोलीले ५५ हजार ६६६ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, म्यान अफ द सिरिजलाई १३ हजार ६६६ रुपैयाँ प्रदान गरिनेछ।
गत संस्करणको उपाधि गुरूखाेलाले जितेको थियाे।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!