बैतडीमा बिडिसिए कप क्रिकेटको तयारी

बैतडी: प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको बैतडी छनाैट तथा बिडिसिए कपकाे २३ औं संस्करण आगामी मंसिरमा हुने भएको छ।

बैतडी जिल्ला क्रिकेट संघकाे आयाेजनामा हुने प्रतियोगिता मंसिर १२ गतेदेखि प्रतियोगिता सुरू हुनेछ ।

संघका सचिव श्यामबहादुर चन्दका अनुसार प्रतियोगिताका खेलहरू दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा सञ्चालन हुनेछन् ।
प्रतियोगिताका लागि टिम दर्ता खुला गरिएको छ। सहभागी हुन चाहने क्लबले यही कात्तिक ३० गतेसम्म टिम दर्ता गराइसक्नुपर्नेछ। टिम दर्ता शुल्क १० हजार राखिएको छ।
यसका साथै नयाँ क्लब दर्ताका लागि पनि आह्वान गरिएको छ। नयाँ दर्ता भएका क्लबहरूले पनि प्रतियोगितामा भाग लिन पाउनेछन् ।
प्रतियोगिताबारे विस्तृत जानकारी केही दिनमै गराइने सचिव चन्दले बताउनुभयो ।
बैतडी जिल्ला क्रिकेट संघले हरेक वर्ष बिडिसिए कप गर्दै आएको छ।
गत वर्ष सम्पन्न २२औं संस्करणकाे उपाधि निङ्गलाशैनी क्रिकेट क्लब(एनसिसि)ले जितेको थियोे ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!