सुदूरपश्चिमसहित देशका विभिन्न स्थानमा वर्षा

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले हाल देशैभर मनसुनी वायूको प्रभाव रहेको जनाएको छ।

सोमबार बिहान मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको हो। देशैभर साधारणतया बादल लागेको छ । गण्डकी, लुम्बिनी, बागमती र सुदूरपश्चिम प्रदेशको केही स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भैरहेको महाशाखाले जनाएको हो।

सोमबार दिउँसो भने देशको हिमाली तथा पहाडी भू-भागका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईमा साधारणतया बादल लाग्नेछ । मधेश र कोशी प्रदेशका तराई भू-भागमा आंशिक बादल लाग्ने भएको हो । देशका हिमाली तथा पहाडी भू-भागका हधिकांश स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।

कोशी, लुम्बिनी, सुदूरपश्चिम, बागमती, गण्डकी र मधेश प्रदेशका तराई भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको हो। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भू-भागका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!