एमाले दनपा-२ काे अधिवेशन सम्पन्न,अध्यक्षमा राजबहादुर बाेहरा चयन

बैतडी: नेकपा एमालेकाे दशरथचन्द नगरपालिका-२ को तेस्रो वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले राजबहादुर बोहराकाे अध्यक्षतामा १५ सदस्यीय कमिटी गठन गरेको छ।

समितिकाे उपाध्यक्षमा उपाध्यक्षमा लालबहादुर भण्डारी,सचिवमा रतने लावड,उपसचिवमा भुरी दमाइ र ललिता बोहरा रहेका छन्।
अधिवेशनमा एमाले बैतडीका जिल्ला इन्चार्ज तथा केन्द्रीय कमिटी सदस्य लिलादर भट्ट, जिल्ला अध्यक्ष नरेश विक, नगरप्रमुख पुष्करराज जोशी लख्खाभाइ, सरस्वती नेपाली, बिस्ना चन्द,जिल्ला कमिटी उपाध्यक्ष लोकेन्द्र भण्डारी,निर्मल पाण्डे लगायतका नेताहरूको उपस्थिति रहेको थियोे ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!