काठमाडौँ: एसिसी मेन्स राइजिङ स्टार्स एसिया कपमा नेपालसँग प्रतिस्पर्धा गर्न लागेको भारत ‘ए’ टोलीको घोषणा गरिएको छ। तिलक वर्माको कप्तानीमा घोषणा गरिएको १५ सदस्यीय टोलीमा भारतीय क्रिकेटका चर्चित युवा तथा स्थापित खेलाडीहरू समेटिएका छन्।
कतारको दोहामा नोभेम्बर १९ देखि २९ सम्म सञ्चालन हुने प्रतियोगिताका लागि भारतले बलियो टोली मैदानमा उतार्ने तयारी गरेको हो। टोलीको उपकप्तानको जिम्मेवारी अनुभवी ब्याटर रजत पाटीदारलाई दिइएको छ।
घोषित टोलीमा विस्फोटक ब्याटर अभिषेक शर्मा, रिंकु सिंह तथा युवा क्रिकेटर वैभव सूर्यवंशीजस्ता चर्चित खेलाडीको उपस्थिति छ। त्यस्तै, विकेटकिपरका रूपमा प्रभसिमरन सिंह र कुमार कुशाग्रलाई समावेश गरिएको छ।
अलराउन्डर तथा बलिङतर्फ शाहबाज अहमद, सूर्यांश शेडगे, विप्रज निगम, हर्ष दुबे, तनुष कोटियन, हर्षित राणा, प्रिन्स यादव र अर्शद खान टोलीमा छन्। ब्याटिङ, बलिङ र अलराउन्ड क्षमताको सन्तुलन मिलाइएको भारतीय टोली प्रतियोगिताको उपाधि दाबेदारका रूपमा हेरिएको छ।
अलराउन्डर तथा बलिङतर्फ शाहबाज अहमद, सूर्यांश शेडगे, विप्रज निगम, हर्ष दुबे, तनुष कोटियन, हर्षित राणा, प्रिन्स यादव र अर्शद खान टोलीमा छन्। ब्याटिङ, बलिङ र अलराउन्ड क्षमताको सन्तुलन मिलाइएको भारतीय टोली प्रतियोगिताको उपाधि दाबेदारका रूपमा हेरिएको छ।
प्रतियोगितामा भारत ‘ए’ समूह ‘बी’ मा नेपाल, पाकिस्तान ‘ए’ र संयुक्त अरब इमिरेट्स (यूएई) सँगै रहेको छ। भारत ‘ए’ ले आफ्नो पहिलो खेल नोभेम्बर २० मा नेपालविरुद्ध खेल्ने तालिका छ।
भारतीय क्रिकेटका चर्चित युवा तथा स्थापित खेलाडीहरू सम्मिलित टोलीसँग प्रतिस्पर्धा गर्नुपर्ने भएपछि नेपाल र भारतबीचको खेललाई विशेष चासोका साथ हेरिएको छ। बलियो प्रतिद्वन्द्वीविरुद्ध नेपालका युवा खेलाडीले आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर पाउनेछन्।
भारत ‘ए’ टोली : तिलक वर्मा (कप्तान), रजत पाटीदार (उपकप्तान), अभिषेक शर्मा, रिंकु सिंह, वैभव सूर्यवंशी, प्रभसिमरन सिंह (विकेटकिपर), कुमार कुशाग्र (विकेटकिपर), सूर्यांश शेडगे, शाहबाज अहमद, विप्रज निगम, हर्ष दुबे, तनुष कोटियन, हर्षित राणा, प्रिन्स यादव र अर्शद खान।
