बैतडी:नेपाल क्रिकेट संघ(क्यान)को आयोजनामा सञ्चालन हुने यू–१९ पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमको प्रारम्भिक टोली सार्वजनिक गरिएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टका अनुसार २४ जनाको प्रारम्भिक टोली सार्वजनिक गरिएको हो ।
प्रारम्भिक टोलीमा अटाउने खेलाडीमा बिक्रम बोहरा, भाष्कर जोशी, अमर चन्द,सुवेश रावल निश्चल क्षेत्री, यस कठायत, प्रकाश माझी, सुसिल रावल, कैलाश भुल, निराजन रावल, राहुल चन्द,ईसान दौल्याल, प्रिङ्कल चन्द,निराजन गौतम,आर्यन बिक र निर्मल खड्का रहेका छन् । यस्तै अर्जुन बिष्ट, बिकाश कुवंर,राहुल साउद, जनक सुनार, हिमाल पन्त, मनिष जोशी, बिराज बिष्ट र रुद्र प्रसाद आचार्य पनि २४ सदस्यीय टोलीमा अटाएका हुन् ।
यसअघि गत असोज २४ देखि ३१ गते सम्म बैतडीको दशरथ चन्द क्रिकेट मैदान र धनगढीको फाप्ला क्रिकेट मैदानमा सञ्चालन भएको प्रदेशस्तरीय छनौट प्रतियोगिताका आधारमा प्रारम्भिक टोली छनौट गरिएको हो ।
छनौट भएका खेलाडीको बन्द प्रशिक्षण कात्तिक २६ गतेदेखि बैतडीको दशरथचन्द क्रिकेट मैदानमा हुने र बन्द प्रशिक्षणमा सहभागी हुने खेलाडीले आफ्नो सक्कल नागरिकता /पासपोर्ट /नाबालीक परिचय पत्र अनिवार्य रुपमा पेश गर्न भनिएको छ ।
बन्द प्रशिक्षणबाट प्रदेशको अन्तिम टोली सार्वजनिक गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले जनाएको छ ।
