अछाम: जैसरा देवी स्मृति कप क्रिकेट भाेलिदेखि हुँदै

क्यान अध्यक्ष चतुरबहादुर चन्दद्वारा शुभकामना

काठमाडौं : अछामकाे तुर्माखात गाउँपालिकामा भाेलि आइतबारदेखि जैसरा देवी स्मृति कप क्रिकेट भाेलि आइतबारदेखि हुने भएकाे छ। कात्तिक १३ गतेदेखि सुरू हुने प्रतियोगिता भाेलिका लागि सारिएको हाे।

जैसरा देवी स्मृति युवा क्लबकाे आयाेजनामा हुन लागेकाे प्रतियोगिताकाे विजेताले १ लाख २१ हजार १११ पाउनेछ । दाेस्राे हुने टाेलीले ६१ हजार १११ पाउने क्लबका संयाेजक उपेन्द्र विष्टले जानकारी दिनुभयाे।

यस्तै म्यान अफ दी सिरिजलाई ५ हजार,बेस्ट ब्याटर र बेस्ट बलरले ३ हजार १ सय,उदयीमान खेलाडीले २ हजार ५६,अनुशासित टिमलाई ५ हजार १ सय पुरस्कार दिइनेछ ।

तुर्माखात गाउँपालिका -६स्थित रानीवन खेलमैदान हुने प्रतियोगितामा १६ टिम सहभागीता रहने जनाएको छ।

यसैबीच प्रतियोगिताकाे सभ्य र भव्य आयाेजना गर्न नेपाल क्रिकेट संघ(क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले शुभकामना दिनुभएको छ।

प्रतियोगिताले अछामकाे क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा टेवा पुग्ने क्लबका अध्यक्ष जनक विष्टकाे विश्वास छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!