काभा भलिबल च्याम्पियनसिप सुरू: उद्घाटनमा नेपाल पराजित

काठमाडौं: काभा पुरुष भलिबल च्याम्पियनसिप आजदेखि पाकिस्तानमा सुरु भएको छ ।

उद्घाटन खेलमा नेपाल काजकस्तानसँग ३–२ को सेटमा पराजित भएको छ ।

काजकस्तानले पहिलो सेट २५–१९, दोस्रो सेट २५–२१ र पाँचौँ सेट १५–९ ले जित्यो । नेपालले तेस्रो सेट ३४–३२ र चौथो सेट २५–१९ ले जित्यो ।

यही साउन १३ गतेसम्म चल्ने प्रतियोगितामा आयोजक पाकिस्तानसहित नेपाल, कजाकस्तान, उज्वेकिस्तान, बङ्गलादेश र श्रीलङ्का सहभागी छन् । राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताबाट उत्कृष्ट चार टोली सेमिफाइनलमा पुग्नेछन् ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!