फ्रान्सलाई हराउँदै इङ्ग्ल्यान्ड तेस्रो, एमबाप्पेकाे कीर्तिमान

काठमाडौं: बुकायो साकाले ह्याट्रिक गरेपछि इङ्ग्ल्यान्डले रोमाञ्चक १० गोल भएको खेलमा फ्रान्सलाई ६-४ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को तेस्रो स्थान हासिल गरेको छ।
याे खेलमा फ्रान्सेली स्टार स्ट्राइकर केलियन एमबाप्पेले विश्वकप फुटबल इतिहासकै सर्वाधिक गोलकर्ता बनेका छन्।
आइतबार बिहान मियामी स्टेडियममा इंग्ल्याण्डविरुद्ध भएको विश्वकपको तेस्रो स्थानको खेलमा दुई गोल गर्दै २७ वर्षीय एमबाप्पे फिफा विश्वकप इतिहासकै ‘अल-टाइम लिडिङ गोलकर्ता’ बनेका हुन्।

एमबाप्पेले अर्जेन्टिनी लेजेन्ड लियोनल मेस्सीको २१ गोलको कीर्तिमानलाई तोड्दै विश्वकपमा आफ्नो कुल गोल संख्या २२ पुर्‍याएका छन्। मेस्सीले यसअघि जुन २२ मा अस्ट्रियाविरुद्ध गोल गर्दै यो विश्व कीर्तिमान बनाएका थिए, जुन एमबाप्पेले महिना दिन पनि टिक्न दिएनन्।
इंग्ल्याण्डविरुद्धको खेलको ४८ औं मिनेटमा गोल गर्दै एमबाप्पेले मेस्सीको कीर्तिमान बराबरी गरेका थिए। त्यसपछि ६६ औं मिनेटमा पुनः गोल गर्दै उनले मेस्सीलाई पछाडि पारे। उनले मात्र २२ खेलमा २२ गोल गरेका छन्। जबकि ३९ वर्षीय मेस्सीले २१ गोल गर्न ३१ खेल खेलेका थिए।

यसका साथै एमबाप्पेले जारी २०२६ विश्वकपको ‘गोल्डेन बुट’ दौडमा पनि १० गोलसहित स्पष्ट अग्रता लिएका छन्। उनी लगातार दुईवटा विश्वकपमा ८ वा सोभन्दा बढी गोल गर्ने विश्वकै पहिलो खेलाडी समेत बनेका छन्।

 उनले सन् २०२२ को विश्वकपमा पनि ८ गोल गरेका थिए। एमबाप्पेको नाममा अब विश्वकपमा पेनाल्टी बिना सबैभन्दा बढी १९ गोल गरेको कीर्तिमान पनि थपिएको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!