नेपाल एसिया कपमा छनोट

काठमाडौं:नेपाल एसिया कपमा छनोट भएको छ । मलेसियामा भएको एसीसी प्रिमियर कपको फाइनलमा यूएईलाई ४४ रनले हराउँदै च्याम्पियन बनेसँगै नेपाल एसिया कपमा छनोट भएको हो । नेपाल एसिया कपका लागि छनोट भएको यो दोस्रोपटक हो । 

यसअघि सन् २०२३ मा टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको एसीसी प्रिमियर कपको फाइनलमा यूएईलाई नै ७ विकेटले हराउँदै नेपाल पहिलोपटक एसिया कपमा छनोट भएको थियो । एसियाली क्रिकेट परिषद् (एसीसी) को आयोजनामा हुने एसीसी प्रिमियर कपको च्याम्पियनले एसिया कप खेल्न पाउने प्रावधान  छ । त्यही अनुसार नेपालले अब दोस्रोपटक एसिया कप खेल्ने भएको हो । 

शनिबार मलेसियाको बायुमास क्रिकेट ओभलमा नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको यूएई ४९.१ ओभरमा अलआउट हुँदै २६९ रनमै समेटियो ।

यूएईका लागि राहुल चोप्रा १०० रनमा अविजित रहे । राहुलले १०५ बलमा ४ छक्का र ३ चौका प्रहार गरे ।  यस्तै, सोहेब खानले ५२, तनिश सुरीले ४२ र कप्तान हरप्रित भाटियाले ३३ र खुजैमा बिन तनवीरले १५ रनको योगदान दिए । 

नेपालका लागि करण केसीले ३ र ललितनारायण राजवंशीले २ विकेट लिए । यस्तै, कप्तान सन्दीप लामिछाने, गुल्सन झा, रोहितकुमार पौडेल, बसिर अहमद र दीपेन्द्रसिंह ऐरीले समान १-१ विकेट लिए ।

त्यसअघि मलेसियाको बायुमास क्रिकेट ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा ३१३ रनको योगफल तयार पारेको थियो । 

नेपालका लागि ओपनर आसिफ शेखको शतकीय पारी खेले । नेपालका लागि आसिफ शेखले १०२ रनको योगदान दिए । आसिफले १०६ बलमा ८ चौका र ४ छक्का प्रहार गरे । 

यस्तै, गुल्सन झाले ५२, ओपनर अर्जुन कुमालले ४३ र रोहितकुमार पौडेलले ४० रनको योगदान दिए । गुल्सनले ३८ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दा ६३ बल खेलेका अर्जुनले ६ चौका प्रहार गरेका थिए । ४४ बल खेलेका रोहितले २ चौका प्रहार गरे ।

दीपेन्द्रसिंह ऐरीले १८, इशान पाण्डेले १३ रन जोड्दा बसिर अहमद १५ रनमा अविजित रहे । 

यूएईका लागि इब्रार अहमदले सर्वाधिक ४ विकेट लिए । यस्तै,  खुजैमा बिन तनवीरले २ तथा हैदर अलीले र अदिब उस्मानीले समान १-१ विकेट लिए । 

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!