काठमाडौं: कर्णाली शिवराजले जापानको आइची–नागोयामा आयोजना हुने २०औँ एसियाली खेलकुद (Asian Games 2026) मा सहभागिता जनाउन जाने नेपाली महिला राष्ट्रिय भलिबल टोलीलाई बिदाइ गरेको छ।
कर्णाली शिवराजका तर्फबाट आयोजित बिदाइ कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य तथा कर्णाली शिवराजका प्रमुख कार्यकारी सञ्चालक ललितानाथ र कर्णाली शिवराजका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार भट्टले नेपाली महिला भलिबल टोलीका खेलाडी तथा टोली व्यवस्थापनलाई खादा लगाएर सफलताको शुभकामनासहित बिदाइ गरेका थिए।
बिदाइका क्रममा कर्णाली शिवराजका प्रतिनिधिहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न गइरहेको महिला टोलीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिँदै देशको गौरव बढाउने विश्वास व्यक्त गरे।
कर्णाली शिवराजले नेपाली भलिबलको विकास र खेलाडीको प्रोत्साहनमा आफ्नो प्रतिबद्धता निरन्तर कायम राख्दै आएको उल्लेख गर्दै राष्ट्रिय टोलीलाई अन्तर्राष्ट्रिय मञ्चमा सफलताको शुभकामना दिएको छ।
