बैतडी:बैतडीकाे पाटनमा एक युवक मृत फेला परेका छन्।
जिल्लाकाे पाटन नगरपालिका–४ तोलीस्थित सडक छेउको नालीमा एक पुरुष मृत अवस्थामा फेला परेका हु्न्।
पाटन नगरपालिका–४ खोल्सी निवासी ३६ वर्षीय गणेश लुहार सोही स्थानको नालीमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।
