विश्वकप फुटबलकाे उपाधि स्पेनलाई,अर्जेन्टिना पराजित

काठमाडौं:साविक विजेता अर्जेन्टिनालाई हराउँदै स्पेनले फिफा विश्वकप-२०२६ को उपाधि जितेको छ । 

अमेरिकाको मेटलाइफ स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनामाथि १-० को जित निकाल्दै स्पेनले १६ वर्षपछि दोस्रोपटक विश्वकपको उपाधि उचालेको हो । 

स्पेनको जितमा फेरान टोरेसले निर्णायक गोल गरे । निर्धारित ९० मिनेटको गोलरहित बराबरीमा सकिएको थियो । खेलको इन्जुरी समयको तेस्रो मिनेटमा एन्जो फर्नान्डेज दोहोरो पहेँलो कार्डपछि रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित भएको थियो । 

त्यसपछि अतिरिक्त समयको दोस्रो हाफको सुरुवातमै स्पेनले अर्जेन्टिनाविरुद्ध गोल गर्दै अग्रता लिएको थियो । खेलको १०६औँ मिनेटमा फेरान टोरेसले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । बाँकी समयमा गोल हुन नसकेपछि १६ वर्षपछि फाइनल पुगेको स्पेन च्याम्पियन बनेको हो । 

यसअघि सन् २०१० मा नेदरल्यान्ड्सलाई १-० गोलअन्तरले नै हराउँदै स्पेनले पहिलोपटक विश्वकपको उपाधि जितेको थियो ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!