कीर्तिपुर मैदानलाई आधुनिकस्तरको क्रिकेट रंगशाला बनाइने

काठमाडौं:सरकारले कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालय टियू क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाको रूपमा विकास गर्ने घोषणा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८२/८३ को लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममा यस्तो बताइएको हो।

त्यस्तै, रंगशाला लगायतका पूर्वाधार निर्माणमा तीन तहका सरकार र निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न कानुनी व्यवस्था मिलाइने भएको छ।

यस्तै उहाँले रङ्गशाला लगायतका खेलकुद पूर्वाधार निर्माणमा तीन तहका सरकार र निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न कानूनी व्यवस्था मिलाइने बताउनुभयो ।

खेलकुदलाई नीजिक्षेत्रका संस्थागत, सामाजिक र उत्तरदायित्वसँग जोडिने उहाँको भनाइ छ ।

राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय पदकप्राप्त खेलाडी र उनीहरुका सन्ततिहरुलाई अध्ययनको लागि छात्रवृत्तिको व्यवस्था मिलाइने समेत बताउनुभयो ।

खेलकुदलाई निजी क्षेत्रको सामाजिक उत्तरदायित्व कार्यक्रमसँग जोड्ने सरकारी योजना छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!