मलेसियामा बालबालिकालाई सामाजिक सञ्जाल चलाउन रोक

एजेन्सी: मलेसिया सरकारले बालबालिकालाई सामाजिक सञ्जाल चलाउन रोक लगाएको छ । मलेसियाको एक स्थानीय विद्यालयभित्रै आफ्नै सहपाठी १६ वर्षीया छात्रा याप सिङ जुएनको निर्मम हत्या गरेको अभियोगमा एक नाबालिग किशोरमाथि अदालतमा मुद्दा शुरु भएको छ।

उक्त घटनाको प्रारम्भिक अनुसन्धानबाट किशोरलाई सामाजिक सञ्जालको नकारात्मक असर र अनलाइन हिंसात्मक संस्कृतिले प्रेरित गरेको हुनसक्ने आशंका गरेको छ।

यस घटनापछि मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले विद्यालयमा बढेको हिंसात्मक व्यवहारको मुख्य कारण मोबाइल फोन र सामाजिक सञ्जालको दुरुपयोग रहेको बताएका थिए। घटनाको गम्भीरतालाई ध्यानमा राख्दै मलेसिया सरकारले बालबालिकालाई हानिकारक अनलाइन सामग्रीबाट बचाउन सामाजिक सञ्जालमा खाता खोल्न पूर्ण प्रतिबन्ध लगाएको जनाएको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!