काठमाडौं: अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सन् २०२७ को आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको मिति तय गरेको छ।
१० वटा टोली सहभागी छनोट प्रतियोगिता आउँदो वर्षको फेब्रुअरी २२ देखि मार्च २३ सम्म हुने भएको हाे ।
छनोट प्रतियोगिताको विजेता सीधै १४ वटा टोली सहभागी हुने विश्वकपमा प्रवेश गर्नेछ । यस्तै छनोटको दोस्रो, तेस्रो र चौथो स्थानमा रहने टोलीहरूले विश्वकपको पहिलो चरण ‘सुपर सिरिज’ मा प्रतिस्पर्धा गर्नेछन् । ‘सुपर सिरिज’ को विजेताले १२ वटा टोलीबीच खेल्नेछ ।
२०२७ को एकदिवसीय विश्वकप दक्षिण अफ्रिका, जिम्बावे र नामिबियाका १२ वटा मैदानमा अक्टोबर ४ देखि नोभेम्बर ११ सम्म आयोजना हुनेछ ।
सन् २०२६ सेप्टेम्बर ३० सम्मको एकदिवसीय वरीयतामा आयोजक देशहरू दक्षिण अफ्रिका र जिम्बावेबाहेकका २ तल्लो स्थानका पूर्ण सदस्य टोली, लिग–२ क्रिकेटका शीर्ष ४ टोली तथा विश्वकप छनोट प्लेअफका शीर्ष ४ टोली विश्वकप छनोटमा समावेश हुनेछन् ।
