बैतडीमा नगरबसबाट अवैध सामान बरामद

बैतडी: बैतडीको दशरथचन्द नगरपालिकाले सञ्चालन गरेको नगरबसमा अवैध सामान ओसारपसार हुने गरेकाे भेटिएको छ।

हरेक दिन सतबाँझ-झुलाघाटमा सञ्चालन हुँदै आएको नगरबसमा आज अवैध सामान भेट्टिएकाे हाे।

झुलाघाटबाट सतबाँझतर्फ आइरहेकाे उक्त बसमा गाेठलापानीमा चेकजाँचकाे क्रममा बेवारिसे २८ बण्डल अवैध बिडी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

अवैध ओसारपसार भइरहेको विषेश सूचनाकाे आधारमा प्रहरीले चेकजाँच गर्दा उक्त बिडी फेला पारेकाे हाे ।

उक्त बिडी भारतबाट भन्सार छली गरि अवैध रूपमा भित्र्याएकाे हुनसक्ने प्रहरीको भनाइ छ।

बेसारिसे बिडीलाई प्रहरीले बरामद गरि राखेको भएपछि बसलाई भने छाेडिएकाे छ।

बरामद बिडीलाई आवश्यक प्रक्रिया पुर्याएर महाकाली भन्सार कार्यालयलाई बुझाइनेछ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!