बैतडी: नेपाल पत्रकार महासंघ बैतडी शाखाका अध्यक्ष नरी बडूलाई पितृ शोक परेको छ ।
उहाँका बुवा देवदत्त बडुको ७५ बर्षको उमेरमा शनिबार निधन भएको हो ।
क्यान्सर राेगबाट ग्रसित बडूको निवासमै निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
बडूको निधनप्रति नेपाल पत्रकार महासंघ बैतडी शाखाले गहिरो दुःख व्यक्त गरेकाे छ।
महासंघका सचिव विनाेद सिंह विष्टले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त अध्यक्ष बडुसहित सम्पूर्ण परिवारजनप्रति शाेक विज्ञप्तिमार्फत समवेदना व्यक्त गर्नुभएको छ।

