बजारमा ग्यास अभाव छैन: निगम

काठमाडौँ ।  नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यास अभाव नरहेको जनाएको छ। ग्यासको बिक्रीलाई व्यवस्थित बनाउन टेकुस्थित कार्यालयबाट विभिन्न पाँच कम्पनीको ग्यास सिलिण्डर बिक्री गर्ने व्यवस्था मिलाएको छ ।

निगमले आजदेखि काठमाडौँ उपत्यकामा बजारीकरण गर्ने नेपाल, एचपी, एभरेष्ट, सुगम र श्रीराम ग्यासका सिलिण्डर सम्बन्धित उद्योगमार्फत बिक्रीवितरण गर्ने व्यवस्था मिलाएको हो । निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार ती उद्योगले बिहान ११ः०० देखि अपराह्न ५ः०० बजेसम्म १४ दशमलव दुई केजीका ग्यास सिलिण्डरको बिक्री वितरण गर्नेछन् ।

गत जुलाईमा मात्रै करिब ४९ हजार मेट्रिकटन ग्यास आयात भएको निगमले जनाएको छ । उद्योगीले यही साउन १ गतेदेखि १५ गतेसम्म २६ दशमलव पाँच मेट्रिकटन ग्यास आयात गरेका छन् ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!