काठमाडौं : कीर्तिपुरमा निर्माणाधिन त्रिवि क्रिकेट रंगशालाको निरीक्षण दैनिक रूपमा सिंहदरबारबाटै हुँदैछ ।
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले शहरी विकास मन्त्रालयको सिंहदरबारस्थित आफ्नो कार्यकक्षबाटै दैनिक नियमित निरीक्षण गरिरहनु भएको हो ।
समयमै काम सक्न ८ घण्टाका दरले अहिले तीन सिफ्टमा काम पनि भइरहेको छ ।
उपप्रधानमन्त्री सिंहले निर्धारित समयमै सक्ने गरि काम गर्न व्यवस्था मिलाउन र कामको गति बढाउनु पर्नेमा जोड दिनुभयो ।
.
शहरी विकास मन्त्रालयअन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयबाट कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्डअनुरूप प्यारापिट निर्माण र फ्लडलाइट जडान गत फागुनमा सम्झौता भई आगामी वैशाख २४ गतेभित्र सम्पन्न गर्नेगरी काम भइरहेको छ।
शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले निर्धारित समयमै निर्माण सक्ने गरि काम भइरहेको र अब नियमित रुपमा मन्त्रालयबाटै निरिक्षणको व्यवस्था मिलाइएको छ।
गत चैत ७ गते उपप्रधानमन्त्री सिहले किर्तिपुर पुगेरै निर्माण कार्यको निरीक्षण गर्नुभएको थियो ।
आगामी वैशाख २४ गतेभित्रै कीर्तिपुर मैदानमा १० हजार क्षमताको प्याराफिट निर्माण सम्पन्न गर्ने गरि मन्त्रालयले काम गरिररहेको छ।
