अर्जुन ट्रफी क्रिकेट: सेमिफाइनलका खेल आजदेखि,डडेल्धुरा र बुटवल भिड्दै

फाप्ला: धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका सेमिफाइनलका खेलहरू आजदेखि हुँदैछन् ।

फाप्ला क्रिकेट मैदानमा आज दिउँसो सवा १२ बजे हुने पहिलाे सेमिफाइनल खेलमा फ्रेन्ड्स युथ क्लब डडेल्धुरा र न्यू होराईजन बुटबलबीच प्रतिस्पर्धा हुनेछ।

डडेल्धुरा समूह ए काे विजेताकाे रूपमा सेमिफाइनल पुगेकाे हाे भने बुटवल समूह बी काे उपविजेता बनेर अन्तिम चारमा पुगेको हाे।

त्यस्तै दोस्रो सेमिफाइनल खेलमा सिवाईसी अत्तरिया र डिसिए धनगढी बिच भोलि (माघ २७ गते) हुने छ ।

गो ड्रिमर्सको आयोजना तथा नेपाल क्रिकेट संघको वार्षिक क्यालेण्डरअनुसार भइरहेको प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद पाँच लाखसहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ ।

उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०–५० हजार पाउनेछन् । 

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!