काठमाडौँ : सर्वाेच्च अदातलले कांग्रेस सभापति गगन थापाको नेतृत्वलाई आधिकारिकता प्रदान गरेको छ।
नेपाली कांग्रेसको आधिकारिता विवादमा सर्वोच्च अदालतले वर्तमान सभापति गगनकुमार थापाको पक्षमा फैसला गरेको हो।
सर्वोच्चका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले रिट खारेज गरेको अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिनुभयाे। खारेज भएसँगै थापा नेतृत्वको कांग्रेस आधिकारिक भएको हो।
तत्कालीन सभापति शेरबहादुर देउवा र कावा सभापति पूर्णबहादुर खड्काले थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णय र विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै रिट दायर गरेका थिए।
गत वर्षको पुस अन्तिम साता सम्पन्न विशेष महाधिवेशनले गगन थापालाई सभापतिमा चयन गरेको थियो।
त्यसविरुद्ध तत्कालीन सभापति शेरबहादुर देउवा पक्षको निवेदनमा निर्वाचन आयोगले थापा पक्षलाई नै आधिकारिकता दिएपछि देउवा पक्ष ४ माघ २०८२ मा सर्वोच्च अदालत गएको थियो।

