बैतडी:बैतडीको सिगास गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एकजनाकाे घटनास्थलमै मृत्यु भएको छ।
लुपुणबाट देउलेक जाँदै गरेकाे सुप प्र ०१-००१ त १३८४ नम्बरको ट्याक्टर सिगास-८ चाेखानामा दुर्घटनामा परेकाे हाे।
दुर्घटनामा परेर सिगास ८ का २५ वर्षीय लोकेन्द्र बोहराको घटनास्थलमै ज्यान गएको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयाे।
दुर्घटनाग्रस्त ट्याक्टर सडकबाट अन्दाजी ३०० मिटर तल खसेकाे र चालक फरार रहेका छन्।
घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
