बैतडी:बैतडीमा आजदेखि यू-१६ विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता सुरू भएको छ। दशरथचन्द मावि सुन्दरखालीमा हुने प्रतियोगिताकाे नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले सुभारम्भ गर्नुभयाे।
उद्घाटनपश्चात् आज दुई खेल सम्पन्न भएका छन्।
पहिलाे खेलमा दशरथचन्द माविले कालिका माविले ५७ रनले हरायाे। जितका लागि पाएकाे २८० रनकाे लक्ष्य पछ्याएकाे कालिका २० ओभरमा २२२ रनमा समेटियाे। जसमा सुजल महरले अविजित ८९ र रमेश महरले ४० रनकाे याेगदान गरेपनि हार टार्न सकेनन्।
यसअघि पहिला ब्याटिङ गरेकाे दशरथचन्दले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २७९ रन बनायाे ।
उसका निराजन थापाले शतकीय पारी खेल्दै १५६ र दिलिप रावलले ५१ रनकाे याेगदान गरे। निराजन प्लेयर अफ दी म्याच समेत चुनिएका स्काेरर अनिल विष्टले बताउनुभयो ।
दाेस्राे खेलमा विरेन्द्र माविले नेशनल ब्राइटरलाई ७ विकेटले पराजित गर्याे। १७७ रनकाे लक्ष्य विरेन्द्रले १५.२ ओभरमा ३ विकेटको नाेक्सानीमा पूरा गर्याे । प्लेयर अफ दी म्याच समेत भएका संगम ठगुन्नाले ९७ र सुजल चन्दले ३९ रन हिर्काए।
त्यसअघि पहिला ब्याटिङमा उत्रेको नेशनलले २० ओभरमा ८ विकेटको क्षतिमा १७६ रन जाेड्याे।
उसका मुकेश जाेशी ३७,शाैरभ राना ३४,याेगेश खत्री २९,अभिनव चन्दले २४ रन बनाए। विरेन्द्रका संगम ठगुन्ना र टेकेन्द्र चन्दले २/२ विकेट लिए।
बैतडी जिल्ला क्रिकेट संघकाे आयाेजनामा सञ्चालन भएको प्रतियोगितामा आठ टाेलीकाे सहभागीता रहेकाे संघका सचिव सिद्धराज बाेकटीले जानकारी दिनुभयाे ।
वैशाख १२ गते सम्पन्न हुने प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकाे खेलाडीलाई प्रदेशस्तरीय प्रतियोगिताकाे लागि छनाेट गरिने बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनाेद बहादुर चन्दले बताउनुभयो ।
