दुई मोटरसाइकल ठोक्किए: एकजनाको मृत्यु,चार घाइते

बैतडी: बैतडीमा आज दिउँसो दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटना चार जना घाइते भएका छन् ।

जिल्लाको श्रीभावरदेखि पुर्चौडीतर्फ जादै गरेको पुर्चौडी नगरपालिका–५ का २४ वर्षीय अमिर कठायतले चलाएको सुदूरपश्चिम प्रदेश ०१ ०१३ प ४२४६ नम्बरको मोटरसाइकल र पुर्चौडीबाट ढोल्यामोडतर्फ आउदै गरेको सुर्नया गाउँपालिका–८ का ३४ वर्षीय जनक लुहारले चलाएको से ५ प ४७१७ को मोटरसाइकल ढोल्यामोड पुर्चौडी सडकखण्ड अन्तरगत पर्ने सुर्नया गाउँपालिका–८ ढोल्यामोड नजिक एक आपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा सुर्नया गाउँपालिका–८ का ३४ वर्षीय जनक लुहारको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो ।

यस्तै पुर्चौडी नगरपालिका–५ हिक्मत कुवँर,पुर्चौडी –५ कै २४ वर्षीय अमिर कठायत, सिगास गाउँपालिका–९का ३४ वर्षीय जय बहादुर चन्द र सिगास गाउँपालिका– ९ का २६ वर्षीय केशव बहादुर चन्द घाइते भएका छन् ।

घाइतेमध्ये हिक्मत र अमिरलाई उपचारको लागि डडेल्धुरा रेफर गरिएको छ । जयबहादुर र केशवको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइहरेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!