प्रधानमन्त्री कप: फाइनलमा सुदूरपश्चिम चुक्यो,आर्मीलाई उपाधि

काठमाडौं: प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेटको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।
वीरगञ्जको नारायणी क्रिकेट मैदानमा आज भएको फाइनलमा आर्मीले सुदूरपश्चिमलाई ५ विकेटले पराजित गरेको हो।

सुदूरपश्चिमले दिएको १६२ रनको लक्ष्य आर्मीले ३४ ओभर ३ बलमा ५ विकेट गुमाएर भेटायो । आर्मीका इमरान शेखले नटआउट ४६, बसिर अहमदले ४५ रन बनाए । सुदूरपश्चिमका हेमन्त धामीले २ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले ३९ ओभर ४ बलमा १६१ रन बनाउँदा सबै विकेट गुमायो । सुदूरपश्चिमका अशोक धामीले सबैभन्दा धेरै ४३ रन बनाए । आर्मीका आकाश चन्द र शाहब आलमले ३,३ विकेट लिए ।

योसँगै सबै ८ वटै संस्करणको फाइनल खेलेको आर्मीको यो तेस्रो उपाधि हो । सुदूरपश्चिम पहिलो पटक फाइनलमा पुगेको हो ।
१० वटा टोली सहभागी प्रतियोगितामा आर्मी र सुदूरपश्चिम शीर्ष २ मा रहेर फाइनलमा पुगेका हुन् ।

यसैबीच लुम्बिनी प्रदेशका सन्तोष यादव सर्वोत्कृष्ट खेलाडी भएका छन् । उनले प्रतियोगिताभर २१ विकेट र २६५ रन बनाएका थिए ।
यो प्रतियोगितामा २७ विकेट लिंदै सुदूरपश्चिमका हेमन्त धामी उत्कृस्ट बलर, ५०४ रन हिर्काएका गण्डकीका अर्जुन कुमाल बेस्ट ब्याटर र मधेश प्रदेशका देब्रे हाते स्पिनर आशिक बैठा उदयमान खेलाडी घोषित भएका छन्।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!