अर्जुन ट्रफी क्रिकेट: डडेल्धुरा सेमिफाइनल नजिक,सन्दीप र आयुषमानकाे अर्धशतक

फाप्ला:धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तरगत आज भएको पहिलाे खेलमा फ्रेन्ड्स क्लब डडेल्धुरा विजयी भएको छ।

पहिलाे खेलमा डिसिए धनगढीलाई ८ विकेटले पराजित गरेकाे डडेल्धुराले लगातार दाेस्राे जित निकाल्ने क्रममा आज बोस्टर्न क्रिकेट एकेडेमी झापालाई ७७ रनले हरायाे।

जितका लागि पाएकाे १४४ रनको लक्ष्य पछ्याउने क्रममा झापाले १५ ओभरमा ९ विकेटको क्षतिमा ६६ रनमा राेकियाे । उसका साेनम बुढाथाेकीले १७ र दिपु भुजेलले १५ रन बनाउनुबाहेक अन्यले दाेहाेराे अंकमा रन जाेड्न सकेनन् ।

बलिङतर्फ डडेल्धुराका कुशल भुर्तेलले ४,अजय चाैहानले २, कप्तान सन्दीप जाेरा,अजय चाैहान र रवि विष्टले १/१ विकेट झारे।

यसअघि फाप्ला क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको डडेल्धुराले खराब मौंसका कारण १५ ओभरमा झारिएको खेलमा निर्धारित ओभरमा ३ विकेट गुमाएर १४३ रन जोड्यो ।

डडेल्धुराका लागि आयुषमान बम र कप्तान सन्दीप जोराले अर्धशतक प्रहार गरे । २३ रन जाेड्दा २ विकेट गुमाएर धर्मराएकाे पारीलाई आयुषमान र सन्दीपले सम्हाले। यी दुबैबीच ८३ रनकाे महत्त्वपूर्ण साझेदारी भयाे।

३० बलको सामाना गरेका जोरा ५१ रनमा आउट हुँदा समान ४ छक्का र चौका प्रहार गरे । ओपनर आयुषमान ५७ रनमा नटआउट रहे । उनले ३६ बलमा ७ चौका र एक छक्का प्रहरा गरे । अविजित रहेका किरण ठगुन्नाले १० बलमा २ छक्का र एक चोकोको मद्दतमा २१ रन जोडे । अर्का ओपनर कुशल भुर्तेल २ रनमा आउट भए । विनाेद भण्डारी ५ रनमा पवेलियन फर्के।
बलिङमा झापाका अरुण ऐरीले २ तथा पवन कार्कीले एक विकेट लिए ।

डडेल्धुराका आयुषमान बम प्लेयर अफ द म्याच चुनिए।

याे जितले डडेल्धुरा २ खेलबाट ४ अंकतालिकाकाे शिर्ष स्थानमा कायमै छ। साथै डडेल्धुरा सेमिफाइनल नजिक पनि पुगेको छ। झापा आज पहिलाे खेलमै पराजित हुन पुग्याे।

गो ड्रिमर्सको आयोजनामा सुरु भएको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद पाँच लाख पाउनेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उदीयमान खेलाडीले जनही ५०–५० हजार पाउने छन् । प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई नगद १० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

धनगढीमा क्रिकेट खेलको विकासका लागि महत्त्वपूर्ण योगदान गरेका प्रशिक्षक अर्जुन खड्काको स्मृतिमा आयोजना गरिएको प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुनेछ ।

Oplus_131072

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!