बैतडी: बैतडीमा जारी यू-१६ विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता अन्तरगत आज भएका खेलमा विरेन्द्र मावि र कालिका मावि विजयी भएका छन्।
पहिलाे खेलमा विरेन्द्रले कालाशैनीमाथि ७७ रनकाे विशाल जित निकाल्याे । विरेन्द्रकाे याे लगातार दाेस्राे जित हाे।
जितका लागि पाएकाे २०६ रनकाे लक्ष्य पछ्याएकाे कालाशैनी १५ ओभरमा १२८ रनमा समेटियाे। जसमा महेश चन्द र पञ्कज चन्दले २७/२७ रन जाेडेपनि अन्य ब्याटरले दाेहाेराे अंकमा रन जाेड्न सकेनन् ।
बलिङमा विरेन्द्रका संगम ठगुन्ना,टेकेन्द्र चन्द,दिनेश चन्द र विवेक चन्दले २/२ विकेट लिए।
यसअघि दशरथचन्द मावि सुन्दरखालीमा पहिला ब्याटिङ गरेकाे विरेन्द्रले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २०५ रन बनायाे।
उसका संगम ठगुन्नाले अर्धशतकीय पारी खेल्दै ६३ र सुजल चन्दले ४५ रनकाे याेगदान गरे। कालाशैनीका मनाेज चन्दले ३ र विवेक चन्दले २ विकेट हात पारे।
संगम प्लेयर अफ दी म्याच चुनिए।
अर्काे खेलमा एमजेसीलाई ४ विकेटले पराजित गरेर कालिकाले पहिलाे जित दर्ता गर्याे।
एमजेसीले दिएकाे १४० रनकाे लक्ष्य कालिकाले १७.३ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायाे। जसमा सुशील चन्दले २७,डम्बर महरले २६ र हरिस महरले २१ रन हिर्काए।
बलिङतर्फ एमजेसीका पारस महरा र प्रज्ञान चन्दले २/२ विकेट झारे।
त्यसअघि पहिला ब्याटिङ गरेको एमजेसी १९.४ ओभरमा १३९ रनमा समेटियाे।
उसका विवेक धानुकले २६ र सुशील टमटाले २५ रन बनाए।
कालिकाका चक्र महर,सुजल महर र विपिन रावलले २/२ विकेट लिए।
चक्र प्लेयर अफ दी म्याच घाेषित भए।
बैतडी जिल्ला क्रिकेट संघकाे आयाेजनामा वैशाख ५ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टाेलीकाे सहभागीता रहेकाे छ।

