अर्जुन ट्रफी क्रिकेट: धनगढीकाे पहिलाे जित,सुखड ६९ रनले पराजित

फाप्ला:  कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तरगत आज सम्पन्न दाेस्राे खेलमा डिसिए धनगढी विजयी भएकाे छ ।

पहिलाे जित दर्ता गर्ने क्रममा धनगढीले घाेडाघाेडी ११ सुखडलाई ६९ रनले पराजित गर्याे।

जितका लागि पाएकाे १५० रनकाे लक्ष्य पछ्याएकाे सुखड १६.५ ओभरमा ८० रनमा समेटियाे।
टेक रावतले १८ र दिपक टमटाले १३ रन बनाउनुबाहेक अन्यले दाेहाेराे अंकमा रन जाेड्न सकेनन्।
बलिङमा धनगढीका ललित राजवंशीले ३,,मिलन बाेहरा र राहुल भण्डारीले २/२ विकेट हात पारे।

यसअघि फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेकाे धनगढीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४९ रन बनायाे । जसमा राजु रिजालले ३७,लाेकेश बमले ३१,अभिषेक पालले २८ रनकाे याेगदान गरे ।
सुखडका लागि धर्मराज जाेशीले ३ र नरेन साउदले २ विकेट झारे।
ललित खेलका प्लेयर अफ द म्याच भए।

गो ड्रिमर्सको आयोजनामा सुरु भएको प्रतियोगिताका विजेताले नगद १० लाख र उपविजेताले नगद पाँच लाखसहित ट्रफी पाउने छन् ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उदीयमान खेलाडीले जनही ५०–५० हजार पाउनेछन् । प्रत्येक खेलका ‘म्यान अफ दी म्याच’लाई नगद १० हजार रुपैयाँ प्रदान गरिनेछ ।

माघ १९ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टाेलीकाे सहभागीता रहेकाे छ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को वार्षिक क्यालेन्डरमा समावेश यो प्रतियोगिता यही माघ २८ गतेसम्म चल्नेछ । सुदूरपश्चिम प्रदेशको क्रिकेटमा योगदान पुर्‍याएका स्वर्गीय अर्जुन खड्कालाई समर्पित गर्दै प्रतियोगिता आयोजना भएको हो ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!