अर्जुन ट्रफी क्रिकेट: अत्तरियाले बैतडीलाई हरायाे

फाप्ला:  कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तरगत आज सम्पन्न पहिलाे खेलमा सिवाइसी अत्तरिया विजयी भएकाे छ ।

सुखद सुरूवात गर्ने क्रममा अत्तरियाले दशरथचन्द एकेडेमी बैतडीलाई २६ रनले हरायाे।

जितका लागि पाएकाे १६५ रनकाे रनकाे लक्ष्य पछ्याएकाे बैतडीले २० ओभरमा ९ विकेटको क्षतिमा १३८ रन मात्रै बनाउन सक्याे । जसमा हिमाल दाैल्यालले सर्वाधिक ३९ रन हिर्काएपनि जितका लागि पर्याप्त हुन सकेन्।

बलिङतर्फ अत्तरियाका विवेक यादवले ४,साहव आलम र कमल गुप्ताले २/२ विकेट झारे।

यसअघि फाप्ला क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेकाे अत्तरियाले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १६४ रन बनायाे । जसमा भीम सार्कीले अर्धसतकीय पारी खेल्दै ७० रनमा नटआउट रहे।
बैतडीका अमरसिंह राैटेलाले २ विकेट हात पारे।

गो ड्रिमर्सको आयोजनामा सुरु भएको प्रतियोगिताका विजेताले नगद १० लाख र उपविजेताले नगद पाँच लाखसहित ट्रफी पाउने छन् ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उदीयमान खेलाडीले जनही ५०–५० हजार पाउनेछन् ।
प्रत्येक खेलका ‘म्यान अफ दी म्याच’लाई नगद १० हजार रुपैयाँ प्रदान गरिनेछ ।
प्रतियोगितामा आठ टाेलीकाे सहभागीता रहेकाे छ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!