भारत विश्वकप क्रिकेटको सुपर-८ मा सुरक्षित,अर्शदीप चम्किए

काठमाडौं: भारत अमेरिकामा जारी आईसीसी ट्वान्टी–२० विश्वकपको सुपर–८ मा प्रवेश गरेको छ।
घरेलुु टाेली अमेरिकाविरुद्ध सात विकेटको जित निकाल्दै भारत समूह चरणको अन्तिम एक खेलअगावै सुपर -८ मा पुगेकाे हाे ।

अमेरिकाले प्रस्तुत गरेको १११ रनको लक्ष्य भारतले १८.२ ओभरमा तीन विकेट गुमााएर पूरा गर्‍यो ।

भारतको जितमा सूर्यकुमार यादवले अविजित ५० रन बनाए ।

अमेरिकाका सौरभ नेत्रावाल्करले दुई र अली खानले एक विकेट लिए ।

यसअघि टस हारेर फिल्डिङ ब्याटिङ गरेकाे अमेरिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ११० रनको योगफल खडा गरेको थियो । उसका नितिश कुमारले सर्वाधिक २७ रन बनाए ।

अमेरिकालाई सस्तैमा समेट्न भारतका अर्शदीप सिंहले चार विकेट लिए ।
जितसँगै तीन खेलबाट ६ अंक जोडेको भारतले सुपर–८ मा स्थान पक्का गरेको हो ।

समान खेलबाट चार अंक जोडेको अमेरिका तालिकाको दोस्रो स्थानमा यथावत छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!