भारतीय क्रिकेटर रहाणेद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास

काठमाडौं: भारतीय क्रिकेट टिमका खेलाडी अजिन्क्या रहाणेले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । ३८ वर्षीय क्रिकेटरले अन्तर्राष्ट्रिय क्रिकेटका सबै फर्म्याटबाट सन्न्यास लिएको सामाजिक सञ्जालमार्फत घोषणा गरेका हुन् ।

रहाणेले भारतका लागि ८५ टेस्ट, ९० एकदिवसीय र २० टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । उनले टेस्टमा १२ शतकसहित ५ हजार ७७, एकदिवसीयमा ३ शतकसहित २ हजार ९६२ र टी–२० मा १ अर्धशतकसहित ३७५ रन बनाएका छन् ।

रहाणेले पछिल्लो पटक सन् २०२३ को जुलाईमा वेस्ट इन्डिजसँगको टेस्ट क्रिकेट खेलेका थिए ।

उनको खेल जीवनको सबैभन्दा ठूलो उपलब्धिमध्ये एक भनेको सन् २०२०–२१ को अस्ट्रेलिया भ्रमणका क्रममा भारतलाई ऐतिहासिक २–१ को टेस्ट शृङ्खला जिताउनु हो । 

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!