काठमाडौं: बलियो दाबेदार फ्रान्सलाई २–० ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ।
अमेरिकाको टेक्सासस्थित आर्लिङ्टनमा भर्खरै सम्पन्न खेलमा स्पेनले उत्कृष्ट सामूहिक प्रदर्शन गर्दै फ्रान्सको तेस्रो विश्वकप उपाधि जित्ने सपना चकनाचुर बनायो।
अब स्पेनले उपाधिका लागि इङ्ल्यान्ड र अर्जेन्टिनाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
खेलको पहिलो हाफमा मिकेल ओयार्जाबलले पेनाल्टीमार्फत स्पेनलाई अग्रता दिलाएका थिए भने दोस्रो हाफमा पेड्रो पोरोले अर्को गोल थप्दै जित सुनिश्चित गरे।
