साउदीमा भीषण गर्मी: एकहजार तीनसय जनाको मृत्यु

एजेन्सी: भीषण गर्मी र लामो दूरीको पैदल यात्राका कारण साउदी अरबमा एकहजार तीनसय जनाको मृत्यु भएको छ ।

समाचार एजेन्सी एएफपीका अनुसार ज्यान गुमाउनेमा ६५८ जना इजिप्टका,इण्डोनेसियाका २०० भन्दा बढी ,भारतका ९८ जनाको मृत्यु भएको पुष्टि भएको छ। यसका साथै इरान, पाकिस्तान, मलेसिया, इराक, जोर्डन, सेनेगलर सुडानका हजयात्रीको मृत्यु भएको जनाएको छ ।

ज्यान गुमाउनेमध्ये धेरैजसो अनधिकृत हजयात्री छन्। मृत्यु हुनेमध्ये तीन चौथाईभन्दा बढी व्यक्तिलाई मक्का जाने अनुमति थिएन, जो चर्को गर्मीमा लामो पैदल यात्रा गरिरहेका बताइएको छ ।

साउदी अरबको राष्ट्रिय मौसम विज्ञान केन्द्रका अनुसार मक्काको तापक्रम ५१.८ डिग्री सेल्सियस पुगेको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!