बैतडी:प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे सुदूरपश्चिम छनाेटमा बैतडीले शानदार सुरूआत गरेकाे छ।
फाप्ला मैदानमा आज सम्पन्न खेलमा बैतडीले दार्चुलामाथि १२८ रनकाे फराकिलाे जित दर्ता गर्याे।
बैतडीले दिएको २३७ रनकाे लक्ष्य पछ्याएकाे दार्चुला ३६.२ ओभरमा १०८ रनमा सीमित रह्यो ।
जसमा विरेन्द्र बमले २५, जीवन कार्की र केशर सिंह खातीले १३/१३ रनकाे याेगदान गरेपनि हार टार्न सकेनन् ।
बलिङतर्फ बैतडीका हिक्मत महरा एक्लैले ५ विकेट र लाेकेन्द्र चन्दले २ विकेट हात पारे।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेकाे बैतडी ३८ ओभरमा २३६ रनमा समेटियाे ।
जसमा आयुश चन्दले ४०,दिपक बाेहराले ३७,खडक बाेहराले ३६ रन जाेडे।
दार्चुलाका नरेन्द्र महरा र विरेन्द्र बमले ३/३ र लभराज जाेशीले २ विकेट लिए।
बैतडीका हिक्मत महरा प्लेयर अफ द म्याच चुनिए।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघकाे आयाेजनामा सञ्चालन भइरहेको प्रतियोगितामा प्रदेशका ८ जिल्लाका टाेलीकाे सहभागीता रहेकाे प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टले बताउनुभयो ।
प्रदेश छनाेटपछि राष्ट्रिय क्रिकेट खेल्न सुदूरपश्चिमकाे टाेली बनाइनेछ ।
