काठमाडौं: आइसिसि टी–२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासंग १ रनले पराजित भएको छ।
दक्षिण अफ्रिकाले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएकाे नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा ११४ रन मात्रै बनाउन सक्याे ।
याे हारले नेपाल ईतिहास रच्नबाट चुकेकाे छ। पहिलाेपटक दक्षिण अफ्रिकालाई हराएर इतिहास रच्ने सपना समाप्त भएकाे छ।
यसका साथै नेपालकाे सुपर ८ काे सम्भावना पनि समाप्त भएकाे छ।
नेपालकाे हारले बंगलादेश सुपर-८ मा पुगेकाे छ।
