प्रधानमन्त्री कार्कीबाट पदभार ग्रहण,पहिलो दिनमै विभिन्न निर्णय

काठमाडौ: अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्नुभएको छ । सिंहदरबारको पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा कार्कीले पदभार गर्नुभयो ।

sadak

त्यसअघि प्रधानमन्त्री कार्कीले लैनचौरको शहीद स्मारकमा माल्यार्पण गर्नुभएको थियो । जेन–जी आन्दोलनबाट केपी शर्मा ओलीले राजीनामा दिएपछि कार्की प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।
यस्तै आज पदभार ग्रहण गर्दै प्रधानमन्त्री कार्कीले जेनजीको आन्दोलनमा ज्यान गुमाएकाहरुलाई सरकारले शहीद घोषणा गरी उनीहरुका परिवारलाई १०/१० लाख रुपैयाँको दरले राहत दिने निर्णय गर्नुभएको छ ।

प्रधानमन्त्रीको पदभार ग्रहण कार्यक्रमको अवसरमा मुख्यसचिव एकनारायण अर्यालले आन्दोलनका क्रममा ज्यान गुमाएकाको परिवारलाई १०/१० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभयो ।
जेनजी आन्दोलन र प्रदर्शनमा ज्यान गुमाउनेको सङ्ख्या ७२ जना पुगिसकेको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!