किंग्स टी-१० इन्डोर क्रिकेट: सुदूर टाइगर्स क्वालिटी सेमिफाइनलमा

काठमाडौं: काठमाडौंमा जारी किंग्स टी-१० इन्डोर क्रिकेट प्रतियोगिता अन्तरगत सुदूर टाइगर्स क्वालिटी सेमिफाइनलमा पुगेकाे छ।

पभेलियन वारियर्सलाई हराएर सुदूर टाइगर्स क्वालिटी सेमिफाइनलमा पुगेकाे हाे।

जितका लागि पाएकाे ३१ रनकाे लक्ष्य सुदूरले ४.१ ओभरमा विना विकेटको क्षतिमा पूरा गर्याे ।

जसमा दिनेश विष्ट १९ र हिमाल दाैल्याल ८ रनमा अविजित रहे।

बुढानिलकण्ठस्थित रोयल स्पोर्ट्स पार्कमा पहिला ब्याटिङ गरेकाे वारियर्स ७.१ ओभरमा ओभरमा ३० रनमा समेटियो ।

उसका कमल विष्टले सर्वाधिक ११ रन जाेडे।

सुदूरका दिपक जाेशीले २, निरज भट्ट र पन्कज पन्तले १/१ विकेट हात पारे।

प्रतियोगिता अन्तरगत सेमिफाइनल खेलहरू आज हुनेछ।

पहिलाे सेमिफाइनलमा सुदूर टाइगर्स क्वालिटी र राइनाेज क्रिकेट क्लब भिड्नेछन् ।

किंग्स क्रिकेट क्लबको आयोजनामा साउन ९ गतेदेखि सुरू प्रतियोगितामा ३२ टिमको सहभागिता रहेकाे थियाे । 

प्रतियोगिताकाे विजेताले ७० हजार र उपविजेताले ३० हजार पुरस्कार पाउनेछ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!