बैतडी: नेपाल निजामती कर्मचारी संगठनमा बैतडी जिल्ला कार्यसमिति उत्कृष्टका रुपमा पुरस्कृत भएको छ ।
बैतडी जिल्ला कार्यसमिति सुदूरपश्चिम प्रदेशका कार्यसमितिमध्ये उत्कृष्ट हुँदै पुरस्कृत भएको हो ।
काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच बैतडी कार्यसमितिलाई पुरस्कृत गरिएको नेपाल निजामती कर्मचारी संगठन बैतडीका अध्यक्ष पदम कार्कीले बताउनुभयो ।
सहिद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति दिवसको सन्दर्भमा आयोजित समारोहमा नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्यसमितिले बैतडी कार्यसमितिलाई पुरस्कृत गरेको अध्यक्ष कार्कीले बताउनुभयो ।
संगठनमा देखाएको निरन्तरता, क्रियाशिलता, सांगठनिक कौशलता,सृजनशिल क्रियाकलाप,र राष्ट्रसेवक सहकारीको सुदृढीकरण खेलेको भूमिकाको उच्च कदर गर्दै बैतडी कार्यसमितिलाई उत्कृष्ट कार्यसमितिको रुपमा पुरस्कृत गरिएको जनाएको छ ।
बैतडी कार्यसमितिलाई नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष भवानी न्यौपाने दाहाल, महासचिव रामचन्द्र अधिकारीले पुरस्कृत गर्नुभयो ।
पुरस्कृत गर्दै आगामी दिनमा सांगठनिक सुदृढीकरण,ट्रेड युनियन अधिकार,सु–शासन र “शीघ्र सेवा तीव्र विकास”को जनआकांक्षा पुरा गर्न “लाइनमा हैन अनलाइनमा” सेवा प्रवाह गर्न बैतडी कार्यसमितिको प्रभावकारी भूमिका रहने समेत नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय समितिले आशा गरेको छ ।
नेपाल निजामती कर्मचारी संगठन बैतडीका अध्यक्ष पदम कार्कीले पुरस्कृत गर्नुभएको धन्यवाद दिदै आगामी दिनमा संगठनलाई सुदृढीकरण,चलायमान बनाउन थप हौसला प्रदान भएको बताउनुभयो ।
