बैतडीका ९ पालिकाकाे बजेट सार्वजनिक

बैतडी: बैतडीका ९ स्थानीय तहले आगामी आर्थिक बर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक गरेका छन्।

जिल्लाकाे मेलाैली नगरपालिकाबाहेक अन्य ९ स्थानीय तहहरूले बजेट सार्वजनिक गरेका हुन्।

मेलाैली नगरपालिकाकाे नीति कार्यक्रम गत वैशाखमै सार्वजनिक भएकाे भएपनि बजेट भने निर्माण हुन सकेकाे छैन्। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण चन्दका अनुसार असार १८ गते बजेट सार्वजनिक गरिनेछ।
नयाँ आर्थिक वर्षका लागि ५८ कराेडकाे बजेट अनुमान गरिएको छ।

पुर्चौडी नगरपालिकाले ६४ करोड १२ लाख बराबरको अनुमानित बजेट प्रस्तुत  गरेको छ ।

बैतडीको दशरथचन्द नगरपालिकाले ८८ करोड ३८ लाख ५० हजार ७१६ रुपैयाँ बराबरको बजेट ल्याएको छ । 
नगर उपप्रमुख कौशिला चन्दले नगरसभामा पेश गरेको उक्त बजेट सर्वसम्मत पारित भएको नगरपालिकाका सूचना अधिकारी राजेन्द्र बिष्टले जानकारी दिनुभयाे । 

पाटन नगरपालिकाको आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित भएको छ । आर्थिक वर्ष २०८२÷०८३ को ६६ करोड ९३ लाख १७ हजार बराबरको बजेट बहुमतले पारित भएको नगरप्रमुख गौरीसिंह रावलले जानकारी दिनुभयाे।

जिल्लाकाे दोगडाकेदार गाउँपालिकाले ५२ करोड ६८ लाख ७४ हजार ६ सय ६४ रुपैयाँको अनुमानित बजेट ल्याएको छ ।

सुर्नया गाउँपालिकाकाका उपाध्यक्ष मञ्जु बोहराले आगामी आर्थिक बर्षका लागि ४५ करोड २२ लाख १० हजार ५७ रुपैयाँ बराबरको बजेट पेश गर्नुभएको छ। 

उक्त बजेटमाथि कार्यपालिकामा छलफल गरिने बताइएको छ । बजेट बाँडफाँडका बिषयमा कार्यपालिकामा छलफल गरेर पुनः असार १६ गते गाउँसभामा लगिने जनाएको छ।

शिवनाथ गाउँपालिकाले ३८ करोड ४८ लाँख २७ हजार ४४५ को बजेट प्रस्तुत गरेको छ।

पञ्चेश्वर गाउँपालिकाले ४२ करोड ८२ लाँख ३० हजार ३३२ रुपैंया बराबरको बजेट ल्याएको छ।

सिगास गाउँपालिकाले ५५ करोड ९० लाख ७४ हजार १०९ को अनुमानित बजेट सार्वजनिक गरेको छ।

डिलाशैनी ६५ कराेड २३ लाख ८५ हजारकाे बजेट सार्वजनिक भएकाे प्रवक्ता यज्ञ भट्टले जानकारी दिनुभयाे।

स्थानीय आवश्यकताका हेरेर शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन क्षेत्रलाई बजेटमा प्राथमिकतामा राखिएको छ।

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!