काठमाडौं: पहिलाे संस्करणको एसएमएस खुल्ला इन्डाेर टि-१० क्रिकेट प्रतियोगिता यही असार २७ गतेदेखि हुने भएकाे छ।
एसएमएस ग्रुपको आयाेजनामा हुने प्रतियोगितामा १६ टिमको सहभागीता रहनेछ।
असार ३० गतेसम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरू राेयल स्पाेट्स पार्कमा हुनेछन् ।
प्रतियोगितामा सहभागी हुनका लागि टिम दर्ता खुल्ला गरिएको छ।
टिम दर्ता शुल्क १५ हजार राखिएको छ।
प्रतियोगिताकाे विजेताले १ लाख र उपविजेताले ५० हजार पुरस्कार पाउनेछ ।
यस्तै म्यान अफ द सिरिज,बेस्ट ब्याटर,बेस्ट बलर र म्यान अफ द म्याचलाई पनि पुरस्कारकाे व्यवस्था गरिएको छ।
