काठमाडौं: बिग बास लिग(बिबिएल) को ड्राफ्टमा नेपालका ६ क्रिकेटर अटाएका छन् ।
अस्ट्रेलियामा हुने बिबिएलको १५औं संस्करणमा नेपालका ६ खेलाडी समावेश भएका बिबिएलले जनाएको छ ।
यस संस्करणको बिबिएल ड्राफ्ट बिहिबार हुनेछ ।
बिबिएल ड्राफ्टमा सन्दीप लामिछाने, देव खनाल, शेर मल्ल, अर्जुन साउद, विपिन शर्मा र आरिफ शेख रहेका छन् ।
नेपालबाट सन्दीपले मात्र बिबिएल खेल्ने अवसर पाएका छन् । सन्दीपले मेलबर्न स्टार र होर्बट हरिकेन्सबाट समान २ संस्करण खेलेका छन् ।
बिबिएलमा ४३ खेल खेल्दै सन्दीपको नाममा ४८ विकेट रहेको छ ।
