राजावादी र वाइसीएलबीच झडपको स्थिती

काठमाडौं: राजावादी पक्षधर र माओवादी निकट वाइसीएलबीच कमलादीमा झडपको स्थिती सृजना भएको छ ।

कमलादीस्थित गणेस्थानमा दरबार हत्याकाण्डमा ज्यान गुमाएका तत्कालीन राजपरिवारलाई श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रममा दुबै पक्षबीच झडपको स्थिती सृजना भएको हो ।

वाइसीएलको पनि कमलादीस्थित प्रज्ञा भवनमा तेस्रो राष्ट्रिय सम्मेलनको बनद सत्र चलिरहेको थियो ।

दुबै पक्ष एकै स्थानमा पुग्दा झडपको स्थिती सृजना भएको हो ।

झडपको सम्भावना बढेपछि अहिले त्यहाँ बाक्लो संख्यामा प्रहरी परिचालित भएका छन् ।

वाइसीएलको कार्यक्रमस्थल बाहिर आएर राजवादीहरुले जिस्काउने खोजेपछि झडपको अवस्था आएको वाइसीएल केन्द्रीय सचिव नवराज ऐरले जानकारी दिनुभयो ।

सचिव ऐरले सामाजिक सञ्जालबाट वाइसिएलका नेता कार्यकर्तालाई संयमित हुन आग्रह समेत गर्नुभएको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!