अस्ट्रेलियाका क्रिकेटर म्याक्सवेलले लिए ओडिआई क्रिकेटबाट सन्यास

काठमाडौं: अस्ट्रेलियाका अलराउण्डर क्रिकेटर ग्लेन म्याक्सवेलले ओडिआई क्रिकेटबाट सन्यास लिएका छन् ।

म्याक्सवेलले सोमबार एक पोस्टकाडमा अन्तरवार्ताका क्रममा ओडिआई क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् । ओडिआई क्रिकेटबाट सन्यास लिएपनि टि ट्वान्टी फर्म्याटका लागि भने उपलब्ध रहेको जानकारी गराएका छन् ।

म्याक्सवेलले टेस्ट क्रिकेटबाट आधिकारीक रुपमा सन्यास लिएका छैनन् । सन्यास नलिए पनि म्याक्सवेल टेस्ट टिममा २०१७ देखि छनोट हुन सकेका छैनन् ।
म्याक्सवेलले १ सय ४९ ओडिआई क्रिकेटमा ३ हजार ९ सय ९० रन र ७७ विकेट लिएका छन् ।

यस बीचमा सन् २०१५ तथा २०२३ को ओडिआई विश्वकप अस्ट्रेलियाले जित्दा म्याक्सवेल टोलीको महत्वपुर्ण सदस्य रहेका थिए ।

म्याक्सवेलले अस्ट्रेलियाका लागि ओडिआई क्रिकेटमा सबैभन्दा कम बलमा शतक पूरा गर्ने कीर्तिमान समेत बनाएका छन् ।
उनले सन् २०२३ को ओडिआई विश्वकपमा दिल्लीमा नेदरल्याण्ड्स विरुद्ध ४० बलमा शतक पूरा गरेका थिए ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!