काठमाडौं:योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपालको अध्यक्षका लागि नवराज ऐरले दाबी पेस गर्नुभएकाे छ।
काठमाडौंमा जारी वाइसिएलकाे तेस्रो राष्ट्रिय सम्मेलनमा ऐरले केन्द्रीय अध्यक्षमा दाबी गर्नुभएकाे हाे।
आइतबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्मेलनकाे उद्घाटन गर्नुभएकाे थियाे।
आज साेमबार कमलादीमा बन्दसत्र चलिरहेकाे छ।
केन्द्रीय सचिव रहनुभएका ऐरले बन्दसत्रमा अध्यक्षमा दाबी पेस गर्नुभएको छ।
ऐेर युवाहरूले रूचाएका नेता हुन्।
कञ्चनपुर घर भएका ऐर प्रखर वक्ता र इमानदार नेताका रूपमा चिनिन्छन्।
उहाँले आफ्नो दाबी स्वभाविक रहेकाे बताउनुभयो ।
ऐेरसंगै अन्य नेताहरूकाे पनि अध्यक्षमा दाबी रहेकाे छ।
हाल उपाध्यक्ष रहनुभएका केयर सिंह कुँवर,उपमहासचिव पुष्प वली, सचिव गणेश शाहीलगायत पनि अध्यक्षका दाबेदार रहेका स्रोतले बताएको छ।
