लखनउलाई हराउँदै पन्जाब प्लेअफ नजिक

काठमाडौं: इण्डियन प्रिमियर लिग (आइपिएल) मा पन्जाब सुपर किंङ्सले लखनउ सुपर जायन्ट्सलाई ३७ रनले हराएको छ।
जितका लागि २३७ रनकाे बिशाल लक्ष्य पछ्याएकाे लखनउले २० ओभरमा ७ विकेटको क्षतिमा १९९ रन मात्रै बनाउन सक्यो ।
याे जितले पन्जाब १५ अंकका साथ लिगतालिकाकाे दाेस्राे स्थानमा उक्लिएकाे छ। साथै प्लेअफ नजिक पनि पुगेकाे छ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ३६ रनको योगफल खडा गर्यो।

ओपनर प्रियांन्स आर्या १ रनमा आउट भए पनि अन्य खेलाडीले इनिङ्स सम्हाले। प्राभसिम्रन सिंह सँग दोस्रो विकेटका लागि ४८ रनको साझेदारी गरेर जोश इङलिस ३० रनमा आउट भए।

यसपछि प्राभसिम्रन र कप्तान श्रेयश अयरले तेस्रो विकेटको लागि ७८ रनको साझेदारी गरे। श्रेयश २५ बलमा ४५ रन जोडेर आउट भए। प्राभसिम्रनको प्रदर्शन उल्लेखनीय रहयो।

उनले ४८ बल खेल्दै ६ चौका र ७ छक्का सहित ९१ रनको सानदार पारी खेले। सशांक सिंह अविजित अविजित ३३ रनमा क्रिजमा रहे।

बलिङमा आकाश सिंह र दिगभेष राथीले २/२ विकेट झारे। यस्तै प्रिन्स यादवले १ विकेट लिए ।

पन्जाब १५ अंक सहित लिग तालिकाको दाेस्राे स्थानमा उक्लिएकाे छ। लखनउसँग १० अंकका साथ साताै स्थानमा छ।

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!